अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

दक्षिण कोरियामा विपक्षी दललाई बहुमत

बिआरटीनेपाल २०८० चैत २९ गते ७:२९ मा प्रकाशित

दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ।बुधबार भएको निर्वाचनमा डिपीकेले राष्ट्रपति युन सुक योलको पार्टी पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै बहुमत ल्याएको हो।निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीकेले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ ।

समानुपातिक समेतका सिटहरू गर्दा विपक्षी डिपीकेले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ। यसैगरी पिपिपी लगायतका गठबन्धन पार्टीले १०८ सिट प्राप्त गरेको छ।दक्षिण कोरियामा कुल चार करोड ८२ लाख मतदातामध्ये ६७  प्रतिशतले मतदान गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो ।

चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले राजीनामा दिएका छन्। प्रधानमन्त्री हान डुक शोलाई पनि राजीनामा गर्न भनिएको छ।चुनावी नतिजाले राष्ट्रपति युन सुक योललाई पनि समस्यामा पारेको छ। सन् २०२२ मा राष्ट्रपति बनेका उनको अझै तीन वर्ष कार्यकाल बाँकी नै छ। त्यस अवधिमा उनको दलको बहुमत नहुँदा विभिन्न विधेयकहरू ल्याउन चाहेअनुसारका कामहरू गर्न उनलाई अप्ठ्यारो पर्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू