अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुुग्ने एडिबी प्रक्षेपण

बिआरटीनेपाल २०८० चैत २९ गते ६:४९ मा प्रकाशित

एशियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ। उत्पादनशील उद्योगको उत्पादन बढिरहेको, राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जामा गरेको सहजीकरणका साथै कृषि र पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने एडिबीले जनाएको छ। सरकारले यस वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो। आयातमा भएको संकुचन, सरकारी खर्च बढ्न नसक्नु लगायतका कारण अपेक्षित वृद्धिदर हुन नसक्ने एडिबी प्रक्षेपण छ।

यसअघि विश्व बैंकले ३.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ४ प्रतिशतले अर्थतन्त्र बढने प्रक्षेपण गरेको थियो। भारतमा मुद्रास्फिति घटिरहेकोले नेपालको मूल्यवृद्धि ६ प्रतिशतको हाराहारीमा रहने एडीबीले प्रक्षेपण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू