अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

धनकुटामा नयाँ वर्षको अवसरमा कोप्चे उत्सव हुने

बिआरटीनेपाल २०८० चैत २९ गते ६:२२ मा प्रकाशित

नयाँ वर्ष २०८१ को अवसर पारेर धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको प्रचारप्रसारका लागि चैत ३० देखि बैशाख २ गतेसम्म बिहिबारे हटियामा उत्सव गर्न लागिएको हो ।कोप्चे क्षेत्रको मौलिक नेवारी र आठपहरिया कला, संस्कृति, भेषभुषा, रहनसहन तथा खानाको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिनुभयो ।

३ दशक अघि सम्म धनकुटा मात्र नभएर कोशी पहाडी जिल्लाका व्यापारीक केन्द्र रहेको कोप्चे सडक संजाल विस्तारका लागि कोप्चे उत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक रिदम श्रेष्ठले जानकारी दिनुभयो । उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खानाका परिकार सहितका २० वटा स्टल रहने छन् । त्यस्तै, नेवारी र आठपहरिया जातीको सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक खेलहरु खेलाइनेछ ।

धनकुटाका पुराना तस्वीरहरुको प्रदर्शनी र सन्देशमूलक चलचित्र पनि देखाइने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने उत्सवमा करिब २० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उत्सवमा करिब १० लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू