अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारको समेत सम्पत्ति छानबिन गर्न कांग्रेसको प्रस्ताव

बिआरटीनेपाल २०८० चैत २७ गते ६:४१ मा प्रकाशित

नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। कांग्रेस उपसभापति धनराज गुरुङले प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्तिको जाँचबुझको लागि आयोग ऐन २०२६ बमोजिम एक निष्पक्ष तथा उच्चस्तरको जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको हो । उहाँको प्रस्तावमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसमर्थक हुनुहुन्छ ।

प्रस्तावमा भनिएको छ( सार्वजनिक पद धारण गरेका र त्यस्ता पदबाट अवकाश भएका पदाधिकारी र तिनका परिवार समेतको नाममा रहेको सम्पत्तिको जाँचबुझको लागि आयोग ऐन २०२६ बमोजिम एक निष्पक्ष तथा उच्चस्तरको जाँचबुझ आयोग गठन गर्नुपर्छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको कांग्रेसले यो प्रस्तावले गत बुधवार नै संसदमा दर्ता गराएको थियो।

तर, रास्वपाले विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको छ। त्यसको महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले उठाएको माग उपयुक्त भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत समिति गठन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू