अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

नेपालले वेस्ट इन्डिज ‘ए’सँग ट्वान्टी–२० शृंखला खेल्ने

बिआरटीनेपाल २०८० चैत २७ गते ६:१५ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने जनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । “यो ए–टिम भ्रमण हामीले ए–टिम क्रिकेटलाई महत्त्व दिइरहेका छौँ भन्ने अर्को संकेत र टी–२० विश्वकपको लागि हाम्रो तयारीको महत्त्वपूर्ण चरण हो । यसले टिममा पर्न सक्ने दाबेदारहरूलाई अन्तिम अवसर दिन्छ । साथै वेस्ट इन्डिजको ब्रान्डलाई क्रिकेटको लोकप्रियता बढ्दै गएको नेपालमा पहिलोपटक लैजाने अवसरको फाइदा लिनसमेत सकिन्छ,” वेस्ट इन्डिजको निर्देशक माइल्स बास्कोम्बले नेपाल भ्रमणबारे भन्नुभयो ।

कुनै पनि देशको ‘ए’ टोलीले नेपालमा खेल्न लागेको यो तेस्रोपटक हो । यसअघि नेपालमा क्यानडा–११ र आयरल्यान्ड वुल्भ्सले क्रिकेट शृंखला खेलिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू