अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीको ज्यान गयो

बिआरटीनेपाल २०८० चैत २७ गते ५:५९ मा प्रकाशित

भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको ज्यान गएको छ । सोमवार राति नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।

ज्यान गुमाउनेमा नेपाली नागरिक ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल रहेका खबरमा उल्लेख छ । दुर्घटनामा भारतीय चालक राजेन्द्र कुमारको पनि ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना नेपाली नागरिक शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउने र दुर्घटनामा पर्ने नेपाली महेन्द्रनगरका रहेको समाचारमा उल्लेख छ ।

मृतकहरू बेतालघाटको जल जीवन परियोजनामा कार्यरत रहेका बताईएको छ सोमवारको काम सकिएपछि ९ जना नेपाली कामदार रामनगर हुँदै चम्पावत जिल्लाको टनकपुरमा फर्कन चढेको जीप दुर्घटनामा परेको बेतालघाट प्रहरी कार्यालयका अधिकारीलाई उद्धृत गर्दै ‘हिन्दूस्तान टाइम्स’ को समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू