अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

च्याम्पियन्स लिग क्वार्टरफाइनल : आज राति बार्यन र आर्सनल तथा मड्रिड र सिटी खेल्दै

बिआरटीनेपाल २०८० चैत २७ गते ५:५३ मा प्रकाशित

यूईएफए च्याम्पियन्स लिग फुटबलका क्वार्टरफाइनलका खेल आजदेखि शुरु हुँदैछन् ।क्वार्टरफाइनलको पहिलो लेगमा आज राति पौने १ बजे जर्मन क्लब बार्यन म्युनिख र इङ्लिस क्लब आर्सलनले खेल्दैछन् । यो खेल आर्सनलको घरेलु मैदान इमिरेट्समा हुनेछ । प्रि–क्वार्टरफाइनलमा आर्सनलले पोर्टो र बार्यनले लाजियोलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

आजै राति पौने १ बजे नै स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले खेल्दैछन् । यो खेल रियल मड्रिडको मैदान सान्टियागो बर्नबेउमा हुनेछ । रियलले आरबी लाइपजिग र सिटीले एफसी कोपनहेगनलाई हराएर अन्तिम आठमा पुगेका हुन् । क्वार्टरफाइनलमै भोलि राति बार्सिलोना र पीएसजी तथा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्डले खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू