अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

पाैडेलकाे कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने नेपाली टाेलीकाे नेपाली

बिआरटीनेपाल २०८० चैत २७ गते ५:४५ मा प्रकाशित

ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियाेगिताका लागि राेहित पाैडेलकाे कप्तानीमा १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।यही चैत ३० गतेदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । याे समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बाेडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

भारतमा एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट प्रतियाेगिता खेल्न आएकाे नेपाली टाेली उतैबाट ओमान पुग्नेछ ।नेपाली टाेलीमा कप्तान पाैडैलसँगै, कुशल भुर्तेल, सन्दीप जाेरा, गुल्सन झा, करण केसी, प्रतिज जिसी, विवेक यादव, अबिनाश बाेहरा, साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू