अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

राष्ट्रिय सभा उपाध्यक्षको लागि दुई जनाको उम्मेदवारी

बिआरटीनेपाल २०८० चैत २७ गते ४:५२ मा प्रकाशित

राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा राष्ट्रिय सभामा एमाले प्रमुख सचेतक भगवती न्यौपाने र समर्थकमा माओवादी केन्द्रका गोपी बहादुर अछामी हुनुहुन्छ । २०७६ माघ ९ गते राष्ट्रिय सभा सदस्य बन्नुभएकी घिमिरेको कार्यकाल दई वर्ष बाँकी छ ।

यस्तै, नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउनभएको छ । उहाँको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा बाग्मती प्रदेशबाट उहाँ निर्वाचित हनुभएको हो । निर्वतमान उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि उक्त पदको लागि बुधबार निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू