अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

शेयर बजारमा ९ अंकको वृद्धि, कारोबार चार अर्ब माथि

बिआरटीनेपाल २०८० चैत २७ गते ४:४४ मा प्रकाशित

शेयर शजारमा ९ अंकको सुधार आएको छ । उतार चढावका बीच नेप्से ९ दशमलव १९ अंकले बढेर २०३६ मा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये दश वटा उपसमूह बढेका छन् भने तीन वटा उपसमूहको सूचक घटेको छ ।

मंगलबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २ दशमलव ४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेका छन् । मंगलबार ९७ लाख ८९ हजार कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तर विन नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने महुली लघुवित्, सबैको लघुवित्त र समता लघुवित्तको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरै घटेको छ ।

कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक १८ करोड ८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू