अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

खेलाडि एरिका लामालाई ७ हजार डलर पुरस्कार

बिआरटीनेपाल २०८० चैत २६ गते १८:४२ मा प्रकाशित

क्लबले नेपाली समुदायका लागि हरेक आइतबार निःशुल्क ताइची र छि गुंग कक्षा सञ्चालन गर्ने

संवाददाता
न्यू योर्क। मार्शल आर्टस् खेलाडि एरिका गरुङलाई क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचर्डस जेआर र न्यू योर्क सिटी काउन्सिलको अनर अफ साइटेसनसहित सात हजार ११ अमेरिकी डलर पुरस्कार प्रदान गरिएको छ। च्याम्पियन मार्शल आर्टस क्लब युएसएको आयोजनामा आइबार एक कार्यक्रम गरि खेलाडि लामालाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो।

  
गरुङ हालै टेक्सासमा भएको युएस ओपन च्याम्पियनशीप २०२४ मा जुनियरमा (२१ वर्ष मुनि) गोल्ड मेडल र एलिटमा सिल्भर मेडल बिजेता हुन्। उनी १९औं साउथ एशियन गेम्स (साग) की सिल्भर मेडलिस्ट हुन्। पुरस्कार तथा सम्मान कार्यक्रम च्याम्पियन मार्शल आटर््स क्लबको क्वीन्सस्थित उडसाइडमा आयोजना गरिएको थियो। कार्यक्रम सुनिल लामाको सभापतित्वमा भएको थियो। उनी ११ औं साथ र १३ औं एपिएसकेफ प्रतियोगिताका स्वर्ण पदक बिजेता हुन्। प्रमुख अतिथी १३ औ एसियन गेम्सको ब्रन्च मेडलिस्ट सम्वर बहादुर गोले र विशेष अतिथी राष्ट्रिय तथा अन्तराष्ट्यि खेलाडी संघको अध्यक्ष दिपक श्रेष्ठ थिए। श्रेष्ठ आठौ र नवौं साग गेम्सको स्वर्ण पदक विजेता हुन्।

कार्यक्रममा १३ औं सागको गोल्ड मेडलिस्ट अनु अधिकारी र विप्लभ श्रेष्ठ पनि थिए। टेक्सासमा भएको युएस ओपन च्याम्पियनशीप २०२४ मा अधिकारी र श्रेष्ठले पनि १८ देखि ३४ उमेर समुहमा एडडभान्स क्याटेगोरिमा गोल्ड मेडल प्राप्त गरेका थिए।

खेलाडि गुरुङलाई नगद पुरस्कार उपलब्ध गराउन तमु परिवारले दुई हजार ७ सय ५६ डलर, मामा भान्जा ग्रुपले एक हजार १० डलर, तमु सोसाईटीले नौ सय ५३ डलर, सुदुर पश्चििम समाजले पाँच सय ५० डलर, रेड पाण्डा रेस्टुरेन्टलले दुई सय डलर, र ईन्टरनेशनल मार्शल आर्टश एसोसियसन न्युोर्क ले एक सय ९० डलर उपलब्ध गराएको थियो । बाँकी रकम च्याम्पियन मार्शल आर्टश, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीहरुले उपलब्ध गराएका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधी, पत्रकार, समाजसेवी, खेलप्रेमी र अभिभावकहरुको उपस्थिति थियो।


यसैगरि, क्लबले नेपाली समुदायका लागि हरेक आइतबार निःशुल्क ताइची र छि गुंग कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ। ताइची र छि गुंग करातेका भेटेरान खेलाडि तथा प्रशिक्षक सिद्धार्थ लामाले सञ्चालन गर्ने छन्। उनले ब्याटल अफ ड्रागन २०२४ मार्शल आर्ट्स च्याम्पियनसिप न्यू जर्सीको एटलान्टिक सिटीमा जनवरी २६ देखि २८ सम्म सम्पन्न भएको प्रतियोगितामा कुुङ फु ताई चीमा स्वर्ण पदक र कुुङ फु वेपनमा कांस्य पदक जितेका थिए। कुङ फु खेलाडी लामाले यसअघि अन्तर्राष्ट्रिय स्तरमा जर्मन ओपन इन्टरनेशनल च्याम्यिनशीप २०२३ मा दुई विधामा स्वर्ण पदक जितेका थिए। त्यसैसरि उनले फर्म चाइनिज वेपन च्याम्पियनसिप एमभी अल बेल्टस्मा स्वर्ण जितेका थिए। राष्ट्रिय तहको खेलमा थुप्रै स्वर्णपदक जितेका लामाले फर्म सफ्ट स्टाइल एमभी ब्याक बेल्टमा पनि स्वर्ण पदक प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू