अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदै

बिआरटीनेपाल २०८० चैत २४ गते ७:४७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज  सवा ५ बजे म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबिच खेल हुनेछ । सिटी ३० खेलमा ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस ३० अंकसहित चौधौँ स्थानमा छ ।

त्यस्तै बेलका पौने ८ बजे उल्भ्स र वेस्ट ह्याम, एभर्टन र बर्नली, एस्टनभिल्ला र ब्रेन्टफोर्ड, फुलहम र न्यूक्यास तथा लुटन टाउन र बर्नमाउथ खेल्दैछन् । आज हुने अर्को खेलमा राति सवा १० बजे आर्सनल र ब्राइटनबिच प्रतिस्पर्धा हुनेछ ।

आर्सनल ३० खेलमा ६८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ४३ अंक रहेको ब्राइटन नवौँ स्थानमा छ । प्रिमियर लिगमा ३० खेलमा ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू