अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द

बिआरटीनेपाल २०८० चैत २३ गते ६:१८ मा प्रकाशित

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा एक सय नौ वटा घरेलु उडान रद्द भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।वर्षा र बाढीको प्रकोप बढ्दै गएकाले आउँदो केही घन्टाहरूमा रद्द हुने उडानको सङ्ख्या अझै बढ्ने देखिएको छ । न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको समाचारमा  उल्लेख छ ।

स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’ को तथ्याङ्कले सिड्नीमा शुक्रवार बिहानसम्म २४ घण्टामा एक सय ११ मिलिमिटर पानी परेको जनाएको छ । वर्षाका कारण ११ वटा रेल लाइन जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसशन’ मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रभावित भएको छ । अस्ट्रेलियाको मौसम विभाग (बीओएम) को पूर्वानुमानअनुसार अझै थप वर्षा हुने सम्भावना बाँकी छ । विभागले बाढी आउनसक्ने र डुबान हुनसक्ने सिड्नी महानगर, इलावारा र अन्य पाँच वटा पूर्वानुमानित जिल्लाहरूका मानिसलाई सतर्क रहन आग्रह गर्दै कडा मौसमी चेतावनी पनि जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू