अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

सन्दीप लामिछानेको मुद्दामा वैशाख ३ गतेदेखि पूर्ण सुनुवाइ हुने

बिआरटीनेपाल २०८० चैत २३ गते ६:१२ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा वैशाख ३ गतेदेखि उच्च अदालत पाटनमा पूर्ण सुनुवाइ हुने भएको छ ।सन्दीप काठमाडौं जिल्ला अदालतबाट गएको पुस २५ मा दोषी ठहर भएका थिए । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए ।

अर्कोतर्फ गौशाला–२६ बालिग रहेको जिल्ला अदालतको ठहरविरुद्ध सरकारी वकिल पनि उच्च अदालत पुगेको थियो । सरकारी वकिलले गौशाखा–२६ नाबालिग नै रहेकाले सन्दीपलाई अधिकतम सजाय माग गरेको छ । दुवैको पुनरावेदनमा उच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश गरेको छ ।

दुवै पक्षको पुनरावेदनमा एकैसाथ सुनवाइ गर्ने गरी उच्च अदालतले आगामी वैशाख ३ गतेको पेसी तोकेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार वैशाख ३ देखि पूर्ण सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू