अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिआरटीनेपाल २०८० चैत २२ गते ८:४० मा प्रकाशित

सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकमा सरकारले तीन वटा निर्णय गरेको हो। सरकारले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

यसैगरी, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गरिएको छ । मन्त्रीपरिषद् बैठकले बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा। ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने समेतको निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू