अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

भारतमा नेपालकाे लगातार तेस्राे जित, गुजरातलाई ८ रनले हराउँदै फाइनलमा

बिआरटीनेपाल २०८० चैत २१ गते ६:५८ मा प्रकाशित

भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्राे जित हात पारेकाे छ । आज भएकाे खेलमा नेपालले गुजरातलाई ८ रनले हरायाे ।नेपालले दिएकाे १ सय ८२ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायाे । गुजरातका उमङ्ग टन्डेलले सबैभन्दा धेरै ४७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र साेमपाल कामीले समान २ विकेट लिए ।

यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायाे । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलाे विकेटका लागि १ सय २५ रनकाे साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

याे जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ । प्रतियाेगितामा पर्सि शुक्रवार नेपाल र बराेडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाकाे फाइनल खेल आउँदो २५ गते आइतवार  हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू