अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

वैदेशिक सहायता प्रतिबद्धता ३४.७३ प्रतिशतले घट्यो, आठ महिनामा ८९ अर्ब ४९ करोड प्राप्त

बिआरटीनेपाल २०८० चैत २१ गते ७:०० मा प्रकाशित

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा ३४।७३ प्रतिशतले गिरावट आएको छ ।अर्थ मन्त्रालयका अनुसार २०८० साउनदेखि माघ मसान्तसम्मको आठ महिनामा नेपालले ८९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्राप्त कुल वैदेशिक सहायता प्रतिबद्धतामा ३२.२ प्रतिशत अनुदान सहायता र ६७.८ प्रतिशत ऋण सहायता रहेको छ । कुल सहायता प्रतिबद्धतामध्ये एसियाली विकास बैंक, विश्व बैंक र युरोपियन युनियनको सहायता क्रमशः ५३.२ प्रतिशत, १८.३ प्रतिशत र ११.९ प्रतिशत रहेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको माघसम्म प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा २४ प्रतिशत बजेटरी सहायता, २३ प्रतिशत सहरी विकास, १९ प्रतिशत स्वास्थ्य, १७ प्रतिशत ग्रामीण विकास, ९ प्रतिशत शिक्षा, चार प्रतिशत वातावरण, ३ प्रतिशत कृषि र १ प्रतिशत सामाजिक क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू