अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

भारतको महाराष्ट्रमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० चैत २१ गते ५:५८ मा प्रकाशित

भारतको महाराष्ट्र राज्यमा पर्ने सम्भाजीनगरमा रहेको एउटा कपडा पसलमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । छत्रपति सम्भाजीनगरमा रहेको एक कपडा पसलमा आज बिहान आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रारम्भिक विवरणअनुसार आगो भवनको दोस्रो तलामा पुग्नुअघि नै निभाएको भए पनि दोस्रो तलामा रहेका सात जनाको धुवाँले निसासिएका कारण ज्यान गएको पाइएको र थप छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू