अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैन : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० चैत २० गते ७:०० मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपनलले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गर्नुभयो । नेपाली राजनीतिक कर्मीहरूको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने उहाको जिकिर थियो । अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको नेपालको भनाई थियो ।

नेपनलले भन्नुभयो, ‘हाम्रो चुनावको प्रणालीमा मुख्य समस्या छ । अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ । त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो संघीय प्रणाली, स्थानीय निकायहरूसँगका कुराहरू पनि । यी सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ’ ।

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नेपालमा समाजवादको विकल्प नरहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू