अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

इजरायलमा सरकार विरोधी प्रदर्शन चर्कियो

बिआरटीनेपाल २०८० चैत १९ गते ७:१७ मा प्रकाशित

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्ट व्यक्त गर्दै नागरिकले फेरि विरोध प्रदर्शन गर्न थालेका छन् । प्रदर्शनकारीले जेरुसेलममा रहेको इजरायली संसद् भवन घेरेर नारा लगाइरहेका छन् ।

विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणका कारण राष्ट्रियतालाई ख्याल गर्दै उनीहरूले केही समय आन्तरिक राजनीतिका विवाद ओझेलमा पारेको बताएका छन् । छ महिनापछि फेरि लामोसमय शासन चलाएका प्रधानमन्त्री नेतान्याहुलाई सत्ताच्यूत गर्नेसम्मको प्रदर्शन बढ्न थालेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले गाजामा बन्धक बनाइएका एक सय ३० नागरिकलाई मुक्त गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री नेतान्याहुको राजीनामासँगै चुनावको समेत माग गरेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू