अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

नेपालमा राजनीतिक दलहरुमा अनुशासन लागू गर्ने समय छैन : महासचिव चन्द

बिआरटीनेपाल २०८० चैत १९ गते ५:५३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताउनुभएको छ । सोमबार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताउनुभएको हो ।

महासचिव चन्दले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताउनुभयो । पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताउनुभयो । महासचिव चन्दले एक्लैएक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको बताउनुभयो । उहाँले एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने बताउनुभयो । उहाँले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताउनुभयो । उहाँले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने पनि बताउनुभयो । महासचिव चन्दले आफूहरुले जनताको सेवक बनेर काम गर्ने बताउनुभयो । उहाँले चुनावको अधिकार प्रयोग गरेर मात्रै जनताको सेवा नहुने भन्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू