अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

‘फ्रेन्डशिप कप’ क्रिकेटमा नेपालकाे विजयी शुरुवात, गुजरात ८ विकेटले पराजित

बिआरटीनेपाल २०८० चैत १८ गते ६:४६ मा प्रकाशित

भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज गुजरातको वापीमा भएको खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो ।गुजरातले दिएको ९९ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै नट आउट ३३ र अनिल साहले नट आउट ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आसिफ शेखले १६ रन बनाए । बलिङतर्फ गुजरातका हेमाङ्ग पटेल र तेजस पटेलले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको गुजरात १८ ओभर २ बलमा सबै विकेट गुमाउँदा ९८ रन बनायो । गुजरातका रुद्र पटेलले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका गुल्सन झाले ४, करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । शृङ्खलामा नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ गते नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू