अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्छ : अध्यक्ष ओली

बिआरटीनेपाल २०८० चैत १७ गते ६:३४ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै अध्यक्ष ओलीले एमाले सत्तासाझेदार रहेको र माओवादी केन्द्रले पनि इलाम २ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने ओलीको तर्क थियो ।

सोही उपनिर्वाचनलाई लक्षित गरी पार्टीको बझाङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । प्रतिष्पर्धा गर्नसक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो ।

अध्यक्ष ओलीले गत निर्वाचनमा माओवादी र समाजवादी केन्द्रको बलमा कांग्रेसले आफ्नो पार्टीलाई इलाममा टक्कर दिएपनि त्यस्तो अवस्था नरहेको बताउनुभयो । अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गर्नुभयो । त्यस अवसरमा उहाँले आन्तरिक किचलो नगरी निर्वाचन प्रचार जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू