अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

त्रिविमा उत्तरपुस्तिकाको पोको हराएपछि बीए जनसंख्या विषयको पुनस् परीक्षा लिंईदै

बिआरटीनेपाल २०८० चैत १४ गते ८:०२ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएपछि पनिका रिजल्ट निकाल्ने बेला पुन: परीक्षाको तयारीमा जुटेको छ । पनिकाले पुनस् परीक्षा गराउन क्याम्पसमा निर्देशन दिएको छ । उक्त निर्देशन लिखित नभई पनिकाले चलाख्याइँ गर्दै मौखिकरूपमा गरिएको छ ।

पनिकाको निर्देशनअनुसार भन्दै क्याम्पसहरूले जनसंख्या तथा स्वास्थ्य विषयको परीक्षा यही चैत २१ गते बिहान ७ देखि १० बजेसम्म सञ्चालन गर्न क्याम्पसहरूले परीक्षार्थीलाई खबर गर्न थालेका छन् । चितवन रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसका परीक्षा प्रमुख शैलेश श्रेष्ठले पनिकाका सहायक कन्ट्रोलरले फोन गरेर पुनस् परीक्षा चलाउन निर्दशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘किन कसो हो, केही भनिएन । हामीकहाँ फोन गरेर विद्यार्थीलाई बोलाएर परीक्षा लिनू भन्ने निर्देशन आयो । माथिको कुरा मान्नैपर्‍यो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू