अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान

बिआरटीनेपाल २०८० चैत १४ गते ७:५६ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका रविन लामा जेल चलान भएका छन् । आज जिल्ला अदालत काठमाडौंले लामाविरुद्ध कैद पुर्जी जारी गरेको हो । अदालतको फैसला अनुसार उनी २०८२ फागुन १५ गते हुनेछन् । तर, जरिवानाबापत उनले थप दुई महिना सात दिन कारगारमा बस्नुपर्नेछ । त्यसकारण उनी २०८३ वैशाख २२ गते मात्र कैदमुक्त हुनेछन् । साथै अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन भनेको छ ।

उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो । गएको मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ । साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ ।

०७७ कार्तिक २० गते चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए । तर अदालतले कुटपिट र अंगभंगमा दोषी ठहर गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू