अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

पूर्व डीआईजी रमेश खरेलद्धारा रास्वपा परित्याग

बिआरटीनेपाल २०८० चैत १४ गते ७:४५ मा प्रकाशित

पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गर्नुभएको छ । आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिनुभयो । आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उहाँ गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिनुभएको थियो । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लड्नुभएको थियो, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित हुनुभयो ।

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आउनुभएको थियो । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । ‘उहाँहरूले स्पष्टीकरण सोध्नुभएको थियो, मैले राजीनामा दिएको छु’ खरेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू