अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

प्रमाणसहित उजुरी परेमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले

बिआरटीनेपाल २०८० चैत ११ गते ६:५३ मा प्रकाशित

नेकपा एमालेले उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाणसहितको उजुरी परेको भए राजीनामा दिनुपर्ने बताएको छ। आइतबार बसेको सचिवालय बैठका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले प्रमाणसहितको उजुरी दर्ता भएमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताउनुभएको हो । उहाँले गृहमन्त्री लामिछानेमाथि कुनै नियामक निकायमा उजुरी नपरेको दावी गर्नुभयो। ज्ञवालीले भन्नुभयो,’भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भयो भने हाम्रो पोजिसन त्यही हुनेछ, छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ’।

अहिले कांग्रेसले राजनीतिक प्रतिशोध साँध्नका लागि संसदमा अवरोध गरेको उहाँले दावी गर्नुभयो। एमालेको अहिलेको एकमात्र ध्यान सुशासन, विकास समृद्धि र जनतामा भरोसा जगाउने विषयमा मात्रै रहेको भन्दै कुनै पदका लागि एमालेले ध्यान नदिने उहाँले जिकिर गर्नुभयो । बैठकले रुसको मस्कोमा भएको आतंककारी हमलाको निन्दा र भत्र्सना गर्दै जस्तोसुकै आवरणमा हुने आतंकवादी हमलाको विरोधमा एमाले उत्रने ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू