अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

रुसको मस्कोमा आक्रमण गर्ने सबै आतंकवादी पक्राउ

बिआरटीनेपाल २०८० चैत ११ गते ६:३१ मा प्रकाशित

रुसमा एउटा कन्सर्ट हलमा अन्धाधुन्ध गोली चलाएर १३३ जनाको हत्या गर्ने सबै चार बन्दुकधारी पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै चार जना बन्दुधकारीलाई पक्राउ गरिएको जानकारी दिनुभएको हो । उहाँका अुसार घटनामा संलग्न भएको आशंकामा अन्य ७ जनालाई पनि पक्राउ गरिएको छ । ती बन्दुधकारीहरु युक्रेनतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको रुसको आरोप छ ।

युक्रेनले भने यो आरोपललाई बेतुकको भन्दै अस्वकार गरेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेको समयमा गरिएको आतंकवादी हमलामा १३३ जनाको मृत्यु भएको थियो भने १ सय ४० भन्दा बढी घाइते भएका थिए ।

आतंकवादी समुह ‘इस्लामिक स्टेट–खेर्सान’ ले यो आक्रमणको जिम्मेवारी लिएको छ । गत महिना मस्कोमा रहेको अमेरिकी कन्सुलर विभागले रुसमा कुनैपनि बेला ठूलो जमघटमा आतंकवादी हमला हुनसक्ने खबर पाएको बताएको थियो । तर रुसी प्रशासनले उक्त खबरलाई हलुका रुपले लिँदै अमेरिकी प्रोपोगाण्डा भनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू