अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

भारतको राजस्थानमा मानिसको समूहमाथि जथाभावी टिप्पर गुडाउँदा पाँच जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० चैत ११ गते ६:१४ मा प्रकाशित

भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ । राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

अस्ति शुक्रबार राति एउटै गाउँका दुई पक्षबीच झगडा भएको थियो । झगडापछि प्रहरी चौकीमा उजुरीको लागि जाँदै गरेका व्यक्तिमाथि अर्को समूहका व्यक्तिले टिप्पर चलाएका प्रहरीले जनाएको छ ।

गाउँमा हिँसा फैलने जोखिमलाई ध्यान दिएर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ । मानिसमाथि टिप्पर गुडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ, अर्का एकजनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू