अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

राष्ट्रिय भलिबल च्याम्पियनशिप : पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ एभरेस्टलाई उपाधि

बिआरटीनेपाल २०८० चैत १० गते ७:५४ मा प्रकाशित

राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको हो ।  निकै प्रतिष्पर्धात्मक खेल हेल्प नेपालले ३–२ ले जित्यो ।

यस्तै, महिलातर्फको उपाधि एभरेस्ट भलिबल क्लबले जित्यो । एभरेस्टले पुलिसलाई ३–१ को सेटमा हरायो । विजेता हेल्प नेपाल र एभरेष्टले पाँच-पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् । उपविजेता त्रिभुवन आर्मी र पुलिस क्लबले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

आज विहान पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर नेपाल पुलिस क्बल तेस्रो भएको छ । हिजो शुक्रवार न्यु डायमण्डलाई हराउँदै महिलातर्फ एपीएफ तेस्रो भएको थियो ।

प्रतिक्रिया