अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

प्रधानमन्त्रीकै मान्छे भएपनि रास्वपाले गलत गर्नेलाई छोड्दैन : स्वर्णिम वाग्ले

बिआरटीनेपाल २०८० चैत १० गते ७:३८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताउनुभएको हो । सांसद वाग्लेले नेपाली राजनीतिमा स्थापित भइसकेको बताउनुभयो । उहाँले पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर शुरु गरिसकेको पनि बताउनुभयो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेले गर्नुभएको कामहरु महत्वपूर्ण रहेको बताउनुभयो ।

सांसद वाग्लेले रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालका मित्र एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको भन्दै रास्वपाले भ्रष्टाचारीहरुलाई नछोड्ने संकेत दिएको उल्लेख गर्नुभयो । उहाँले आरती साहको मुद्दालाई टुंगोमा पु¥याउने प्रक्रिया शुरु भएको, सरकारले पन्छ्याएको आयोगहरु पुनः सक्रिय बनउने काम शुरु गरेको, मिटरब्याज पीडितहरुदेखि सहकारीको समस्या समाधानका लागि आवश्यक काम अघि बढाएको पनि बताउनुभयो ।

उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभइ चक्र भित्र बसेर पनि निस्किने रोडम्याप आफूहरुसँग रहेको बताउनुभयो । उहाँले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्नेकुरामा पार्टी जोगिनुपर्ने बताउनुभयो । उहाँले जनताले एकैदिन पनि औंला ठड्याउने काम गर्नु नहुने बताउनुभयो । उहाँले इलामको उपनिर्वाचनमा रास्वपाले जितेको खण्डमा त्यसले २०८४ को लागि उत्साहको मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू