अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

राष्ट्रिय भूमि आयोग विघटन

बिआरटीनेपाल २०८० चैत ९ गते ६:४३ मा प्रकाशित

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समीकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साताभित्र पुनः आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले आयोग कानुनसम्मत ढंगले एक हप्ताभित्र पुनर्गठन गर्नेगरी विघटन गरेको बताउनुभयो । नयाँ बन्ने आयोगले भूमिको व्यवस्थापनको बाँकी कामलाई अघि बढाउने मन्त्री शर्माको भनाइ छ । सरकार परिवर्तनसँगै उक्त आयोगको विघटन र पुनर्गठनको प्रक्रियाले भूमिहीनहरूको समस्या समाधानमा व्यवधान उत्पन्न हुने काम भइरहेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू