अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

माओवादी केन्द्रमा अब १५ विभाग

बिआरटीनेपाल २०८० चैत ९ गते ६:३० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग १५ वटामा झारेको छ । फागुन १ गतेदेखि ३ सम्म काठमाडौँको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो ।यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र सिफारिसको लागि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूमा विषयगत विभागहरू गठन गरी सञ्चालन गर्न सकिने विधानमा उल्लेख छ ।

यस्तै विभागको संयोजक सम्बन्धित तहको समितिको सदस्यको संयोजकत्वमा विषयगत अनुभवी विज्ञहरू समावेश गरी केन्द्रमा प्रमुखसहित बढीमा १५ सदस्यीय र प्रदेश तथा पालिकास्तरमा प्रमुखसहित बढीमा ९ सदस्यीय विभाग गठन गर्ने उल्लेख छ । विभागहरूको क्षेत्राधिकार र कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले जारी गर्ने नियमावली अनुरूप हुनेछ । अधिवेशन प्रतिनिधिहरूले विभाग ठुलो भएको भन्दै सानो र चुस्त बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू