अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

कांग्रेसलाई उपप्रधानमन्त्री महासेठ प्रश्न – प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी ?

बिआरटीनेपाल २०८० चैत ८ गते ६:२४ मा प्रकाशित

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताउनुभएको छ । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री महासेठले यस्तो बताउनुभएको हो ।

मन्त्री महासेठले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताउनुभयो । उहाँले दोषी जो कोही भएपनि कारबाहीको दायरामा आउने बताउनुभयो । उहाँले गृहमन्त्री लामिछानेलाई नेपाली कांग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले विरोध गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताउनुभयो । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू