अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

विनोद चौधरीमाथि सीआईबीले अघि बढायो अनुसन्धान

बिआरटीनेपाल २०८० चैत ७ गते ८:१८ मा प्रकाशित

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान अघि बढाएको छ ।बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको खुलेपछि यसअघि विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो । पछि अदालतले उनलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू