अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला

बिआरटीनेपाल २०८० चैत ७ गते ७:५० मा प्रकाशित

इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ ।

गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल–शिफालाई यसअघि पनि इजरायली सेनाले निशाना बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू