अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

सरकारले भाेलि ७ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने

बिआरटीनेपाल २०८० चैत ७ गते ७:३६ मा प्रकाशित

नेपाल सरकारले भाेलि सात अर्ब ६९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोलमार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।

यो ऋणपत्रको अवधि आठ वर्ष रहेको छ । सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । त्यहीअनुसार भाेलि राष्ट्र बैंकले विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू