अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

महसा अमिनीको हिरासतमा ज्यान गएपछि इरानमा भएको प्रदर्शनमा २ सय ८१ जनाको ज्यान गएको प्रतिवेदन

बिआरटीनेपाल २०८० चैत ६ गते ७:४० मा प्रकाशित

इरानमा सन् २०२२ मा महसा अमिनीको हिरासतमा ज्यान गएपछि भएको विरोध प्रदर्शनका क्रममा २ सय ८१ जनाको ज्यान गएको सरकारी प्रतिवेदनले उल्लेख गरेको छ । तर यो आँकडा संयुक्त राष्ट्रसङ्घका तथ्य–अन्वेषकले यसअघि दिएको सङ्ख्या भन्दा निकै कम हो ।

इरानी सरकारी प्रतिवेदनमा हिंसात्मक प्रदर्शन र आतङ्कवादी गतिविधि वा आक्रमणमा संलग्न अवस्थामा उनीहरुको ज्यान गएको उल्लेख गरिएको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति कार्यालयबाट प्रकाशित झण्डै तीन सय पृष्ठ लामो विशेष प्रतिवेदनमा सन् २०२२ को सेप्टेम्बरमा अमिनीको ज्यान गएपछि भएको अशान्तिका कारण २ सय ८१ जनाले ज्यान गुमाएको विवरण उल्लेख छ ।

यो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले इरानमाथि मानवताविरुद्धको अपराधको आरोप लगाएको नौ दिनपछि प्रकाशित भएको हो । इरानको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएकी २२ वर्षकी अमिनीको तीन दिनपछि ज्यान गएको थियो । संयुक्त राष्ट्रसङ्घको तथ्य खोजी मिसनले ५ सय ५१ जना प्रदर्शनकारी मारिएको देखाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू