अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

सय राउण्ड गोलीसहित पक्राउ परेका दुर्गा प्रसाईका २ बडिगार्डलाई सिंहदरबार वृत्तमा लगियो

बिआरटीनेपाल २०८० चैत ५ गते ७:३३ मा प्रकाशित

सर्वोच्च अदालतबाट स्वचालि हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ । अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनुभयो ।

किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार होरहोइन लगायतका विषय अध्ययनकै क्रममा रहेको एसपी अधिकारीले बताउनुभयो । अहिले घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुनेरनहुने भन्न नसकिने एसपी अधिकारीको भनाइ छ । सोमबार बिहान करिब ११ बजेतिर सर्वोच्च अदालत परिसरबाट प्रहरीले प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको थियो ।

मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए । अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुबाट मेड इन जर्मन जिएसजी-५ लेखिएको स्वचलित हतियार १ थान, सानो र ठूलो गरेर ४ थान म्यागजिन, म्यागजिन होल्डर १ थान, त्यसको गोली १०० राउण्ड बरामद भएको थियो ।

 

प्रतिक्रिया