अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

उपनिर्वाचनका लागि प्रदेशमा १९ र प्रतिनिधिसभातर्फ २० दल दर्ता

बिआरटीनेपाल २०८० चैत ५ गते ६:२१ मा प्रकाशित

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्तिमार्फत दल दर्ताको निर्णय भएको जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन् । रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो ।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू