अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : महत

बिआरटीनेपाल २०८० चैत ५ गते ५:४१ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै सांसद महतले यस्तो बताउनुभएको हो ।

सांसद महतले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुले कानूनी शासनको पालना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

उहाँले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानूनको दायरामा आउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया