अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

गाजापट्टीमा मारिने प्यालेस्टिनीको संख्या ३१ हजार ५५३ पुग्यो

बिआरटीनेपाल २०८० चैत ४ गते ६:५१ मा प्रकाशित

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले  जानकारी गराएको हो । गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको सङ्ख्या ७३ हजार ५४६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्यालेस्टाइनी विदेश मामिला र प्रवासी मन्त्रालयले इजरायललाई गाजापट्टीमा आक्रमण रोक्न बाध्य पार्न संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बाध्यकारी प्रस्तावमार्फत अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेपको लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू