अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

‘एमालेलाई नटेर्नेहरू सिद्धिन्छन्’ – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०८० चैत १ गते ६:०७ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने बताउनुभएको छ । बिहीबार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित कार्यक्रममा उहाँले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने बताउनुभएको हो । ‘एमाले एउटा शक्ति हो, जसलाई पुरै आखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्’, अध्यक्ष ओलीले भन्नुभयो। उहाँले एमालेलाई हेप्नेहरू धोका खानेसमेत बताए। उहाँले कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाट हट्नु परेको बताउनुभयो।

‘हामी लोकतान्त्रिक प्रणालीमा छौं। बहुदलीय व्यवस्थामा छौं। दलहरू फरक-फरक हुन्छन्। विचार फरक होला। तर, संविधानको रक्षा, देशको एकताका लागि राष्ट्रको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, जनताले साथ दिनुपर्छ’, ओलीले भन्नुभयो । उहाँले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने पनि बताउनुभयो । ‘सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ’, उहाँको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू