अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

हङकङलाई १० विकेटले हराउँदै पीएनजी फाइनलमा, उपाधिका लागि भोलि नेपालसँग खेल्ने

बिआरटीनेपाल २०८० फागुन २९ गते ५:५६ मा प्रकाशित

हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो ।हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले १२ रन अतिरिक्त दियो ।

यसअघि घरेलु मैदान मोङ कोकमा टस जितेर ब्याटिङ गरेको हङकङ १८ ओभर ३ बलमा १ सय २१ रनमा अल आउट भयो । हङकङका जेशान अलीले नट आउट ५५ रन बनाए । पीएनजीका कबुआ मोरे, अलेई नाओ, असाद भाला र सेसे बाउले समान २ विकेट लिए । अब पीएनजीले फाइनलमा भोलि नेपालसँग खेल्नेछ । यसअघि आजै भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

प्रतिक्रिया