अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

‘विशेष दर्जा’ हटाएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री मोदी कश्मीर भ्रमणमा

बिआरटीनेपाल २०८० फागुन २४ गते ४:१९ मा प्रकाशित

कश्मीरको विशेष दर्जा हटाएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको भ्रमण गर्नुभएको छ । उहाँले श्रीनगरको बख्शी रङ्गशालाको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०१९ मा जम्मू–कश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो कश्मीर भ्रमण हो । तर, जम्मूमा भने गएको महिना प्रधानमन्त्री मोदीले विभिन्न परियोजना उद्घाटन भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री मोदीको कश्मीर भ्रमणका कारण सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने बख्शी रङ्गाशाला सुरक्षा अधिकारीको कडा सुरक्षा निगरानीमा रहेको छ । मोदी सरकारले ५ अगस्ट २०१९ मा जम्मू–कश्मीरको विशेष दर्जा हटाएर कश्मीर र लद्दाखलाई दुई अलग–अलग केन्द्र शासित प्रदेश बनाएको थियो । यसै वर्ष हुने आम चुनावलाई लक्षित गरेर मोदी कश्मीरको भ्रमणमा पुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू