अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

शेयर बजार सामान्य बढ्याे, ३ अर्ब ४५ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०८० फागुन २३ गते ५:१० मा प्रकाशित

हिजो ७० अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै डोल्टी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।

आज ९१ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू