अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

शालिन पोखरेलको अन्त्येष्टि

बिआरटीनेपाल २०८० फागुन २२ गते ४:४३ मा प्रकाशित

चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी बालिका शालिन पोखरेलको अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागीहरूले शालिनको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए । उनीहरूले मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा माग गरेका थिए ।

फागुन १२ गते रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया शालिन मृत फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार उनको झुन्डिएर मृत्यु भएको हो । तर उनका आफन्तहरूले त्यसलाई स्वीकार गरेका छैनन् । उनीहरूले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू