अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

मोदीद्धारा पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई

बिआरटीनेपाल २०८० फागुन २२ गते ४:३५ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिनुभएको छ । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो । मतदानमा व्यापक धाँधली भएको दाबीपछि सरिफले सोमबार औपचारिक रूपमा दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का सेना समर्थित ७२ वर्षीय सरिफले सबैभन्दा धेरै सिट जित्ने कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका बफादारहरूलाई सरकारबाट बाहिर राख्न आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र धेरै साना गुटसँग गठबन्धन गरेर सरकार बनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभएको छ, “पाकिस्तानका प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा शहबाजलाई बधाई ।” भारत र पाकिस्तान लामो समयदेखि राजनीतिक तनावसँगै कट्टर प्रतिद्वन्द्वी हुन् । सन् १९४७ मा उपमहाद्वीपको विभाजनबाट अलग भएपछि दुवै मुलुकले तीन युद्ध र धेरै साना झडप लडेका छन् । यद्यपि, भारतमा सरिफलाई उनका पूर्ववर्ती खानको तुलनामा नयाँ दिल्लीप्रति अधिक मिलनसार व्यक्तिका रूपमा हेरिन्छ । वरिष्ठ पाकिस्तानी राजनीतिज्ञका रूपमा असामान्य तवरले सरिफले सन् २०१३ मा भारतको भ्रमण गर्नुभएको थियो । त्यति बेला उहाँ पाकिस्तानको प्रभावशाली पञ्जाब प्रान्तको मुख्यमन्त्री हुनुहुन्थ्यो ।

अप्रिलमा सम्भावित आमनिर्वाचनमा तेस्रो कार्यकालका निम्ति प्रयासरत लोकप्रिय नेता मोदीको नेतृत्वमा भारतमा हिन्दु राष्ट्रवादी भावना बढेको छ ।भारतले आफ्नो नियन्त्रणमा रहेको कस्मिरको भागमा पकड राख्ने प्रयासमा विवादपछि सन् २०१९ मा खानको प्रधानमन्त्रीत्वकालमा दुवै मुलुकले कूटनीतिक सम्बन्धलाई घटाएका थिए । हिमाली क्षेत्र कस्मिर दुवै मुलुकबीच विभाजित छ । र। दुवैले यसमाथि दावी गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू