अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

फ्रान्स गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो देश बन्यो

बिआरटीनेपाल २०८० फागुन २२ गते ४:२३ मा प्रकाशित

गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् ।गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसद्मा यो संशोधनको पक्षमा ७ सय ८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो ।

संशोधन पारित हुनेबित्तिकै संसद्का सदस्यहरुले उठेर स्वागत गरेका थिए । राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भन्दै यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताउनुभयो । तर, गर्भपतन विरोधी सङ्गठनहरुले भने सरकारको यो कदमको विरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू