अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

शेयर बजार ७० अङ्कभन्दा धेरैले घट्याे

बिआरटीनेपाल २०८० फागुन २२ गते ४:०७ मा प्रकाशित

हिजो तीन पटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूह, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

उच्च अङ्कले बजार घटेको दिन बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बजार घटे पनि आज काराेबार रकम उल्लेख्य बढेकाे छ । आज एक करोड १४ लाख कित्ता शेयर चार अर्ब ११ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू